५ रुपैयाँको मास्ककाे मुल्या ५० रुपैयाँ सम्म तिर्दा पनि पाउदैन

everest kitchen


विपेन उलङगे
काठमाडौँ । काठमाडौ लगायत देशभरि मास्ककाे सटेज भएकाे छ । चीनबाट फैलिएकाे काेराेना भाईरसकाे सन्त्रास संगै नेपालमा मास्ककाे सटेज र मुल्य एक्कासी आकासियकाे हाे ।

अहिले बजारमा पाउने सामान्यतया सर्जिकल मास्क र एननाईन्टि फाईभ मास्ककाे सटेज देखिएकाे छ । सटेज संगसगै मास्काे मुल्य १० देखि १५ गुना महाेङगाे पनि भएकाे छ । प्रायाजसाे मेडिकलहरुमा मास्क नै पाउदैन कहि कतै पाईहालेमा धुलाम्मे, च्यातिएका ,साईज नमिलेका पाउछन त्यसलाई पनि ४० देखि ५० रुपैयाँ सम्ममा किन्नु परेकाे उपभोक्ताहरु बताउछन ।

सुन्धाराबाट बनस्थली हुदै स्वयंम्भु जान प्रिया शाख्याले राईड अडर गर्छिन । राईडरलाई अनुराेध गर्दै बाटाेमा भएका अधिंकाम्स मेडिकलहरुमा मास्क साेध्दै जान्छिन । तर दश ठाउँसम्म साेधदा पनि मेडिकल मास्क नपाएपछि कपडाकाे मास्क किन्छन । तर कपडाको मास्कले त्येति सुरक्षा नगर्ने प्रियाकाे ठम्याइ छ । उनि भन्छिन ” सर्जिकल मास्कमा फिल्टर गुण हुन्छ तर कपडाको मास्कले सामान्यतया दुलाे पनि छेक्दैन । यदि नेपालमा काेराेना छिय्राे भने त अाैषधि त के मास्क पनि लगाउन नपाउने अवस्था रहेकाे भन्दै दुःख उनले  व्यक्त गरिन ।

प्रिया त प्रतिनिधि पात्र मात्रै हुन । काठमाडौं मास्क नलगाई हिडन सक्ने अवस्था धुलाेले गर्दा पहिलेनै थिएन । यधपी अहिले काेराेनाकाे त्रासले गर्दा त झन मास्ककाे प्रयाेग त बढेकाे छ नै मास्ककाे सटेजले गर्दा महङगी पनि बढेकाे क्षेत्रपाटि स्थित सर्जिकल हाउस सञ्चालन गरिरहेका केशव घिमिरेले बताए ।

घिमिरेका अनुसार पहिला हाेलसेलमा ५० पिसकाे सय रुपैयाँमा पाउने मास्काे डिब्बा मुस्किलले १६/१७ सयमा पाउछ त्यसैले पनि मेडिकलवालाहरुले महाेङगाेमा बेचिरहेका छन ।

त्यसाेत विश्व  स्वास्थ्य संगठनले नेपाललाइ अति उच्च जाेखिमकमे सुचिमा राखि रहदा सरकारले मास्ककाे उत्पादन र बितरणमा बेलैमा ध्यमन दिन जरुरी छ । एर्पाेट तथा खुल्ला भन्सार र नाकाहरुमा पनि स्वास्थ्य परिक्षण अनिवार्य रहेकाे छ ।