एनआरएनए र क्लान एसोसिएसन मलेसिया बिच एमओयु सम्झौता , अध्यक्ष भट्टराई सम्मानित

everest kitchen


ईश्वर राई
क्वालालम्पुर । गैरआवासीय नेपाली संघ मलेसिया र नेपाल मलेसिया क्लान एसोसिएसन मलेसिया बिच  एमओयु सम्झौता  भएकाे । क्वालालम्पुर स्थित होटेल ग्राण्ड कन्टिनेन्टलमा फेब्रुअरी २९ तारीखमा दुबै पक्ष बिच बैठक बसि यस्तो सम्झौता भएकाे हाे ।

गैरआवासीय  नेपाली संघ मलेसिया र नेपला मलेसिया क्लान एसोसिएसन बिच गैरआवासीय नेपाली संघ मलेसियाको चौथो अधिवेशनबाट एमअोयु सम्झौता भएको थियो । त्यस पश्चात नेपाल मलेसिया क्लाङ एसोसिएसनको बैंक खाता गैरआवासीय नेपाली संघ मलेसियाले प्रयोग गर्दै आएको थियो । यस बैठकबाट सम्झौताका बुदाहरु थप गर्दै गैरआवासीय नेपाली संघ मलेसियाको कल्याणकारी कोष बाफत संकलित रकम नेपाल मलेसिया क्लाङ एसोसिएसनको खातामा राख्ने, मलेसियामा रहेको नेपाली श्रमिकहरुको उद्धार र नेपालको पर्यटनको प्रबर्द्धन गर्ने सम्झौता भएको गैरआवासीय नेपाली संघ मलेसियाका बरिष्ठ उपाध्यक्ष सुन्द आलेले जानकारी दिए ।


नेपाल मलेसिया क्लान सोसाइटी नेपाली श्रमिकहरुको सहायताको लागि स्थापना भएको मलेसियाका स्थानिय नेपालीहरुको संगठन हो । एनआरएनए मलेसिया र क्लान एसोसिएसन बिच धेरै पहिले सम्झौता भएर कार्य गर्दै आएका छौँ । यो बैठकमा कल्याणकारी कोषको परिचालनमा सहज होस भनी मलेसियामा रहेका नेपाली श्रमिक विशेष गरि महिला, गम्भीर प्रकृतिका बिरामी, मानसिक वा शारीरिक अपांग र पैसाको अभाबमा लामो समय देखि जेल जीवन बिताई रहेकाहरुको सहयोग र उद्धारको लागि कल्याणकारी कोषको रकम प्रयोग गर्ने निर्णय पारित भएको छ ।

साथै यस कल्याणकारी कोषमा गैरआवासीय नेपाली संघ मलेसियाका बर्तमान अध्यक्ष हरि भट्टराईद्वारा ५० हजार रिंगेट प्रदान गरेकोमा नेपाल मलेसिया क्लान एसोसिएसन मलेसियाले धन्यबाद पत्रले सम्मान गरेको क्लान एसोसिएसन मलेसियाका अध्यक्ष संकर पौडेलले बताउनु भयो । पौडेल गैरआवासीय नेपाली संघ मलेसियाको संस्थापक अध्यक्ष तथा बर्तमान आईसिसि सदस्य समेत रहेका छन ।