काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा पार्टीमा बिभिन्न ब्यक्तिहरुलाई बिभिन्न बिभाग ताेक्दै जिम्मा दिएका छन । शनिबार प्रेसविज्ञप्ति जारि गर्दै काङ्ग्रेस सचिवालयले यस्ताे जानकारी दिएकाे हाे ।
विज्ञप्ति यस्ताे छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा नेपाली कांग्रेसको विधान, २०१७
(संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका देहायका सदस्यहरुलाई देहाय बमोजिमका केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गरिएकाे छ ।
१ श्री गोपालमान श्रेष्ठ संगठन विभाग
२ श्री रमेश रिजाल संघीय मामिला तथा प्रदेश समन्वय विभाग
३ श्री फरमूल्लाह मन्सुर मुस्लिम विभाग
४ श्री अर्जुनप्रसाद जोशी स्थानीय तह समन्वय विभाग
५ श्री आनन्दप्रसाद ढुंगाना वित्तिय तथा सहकारी संस्था समन्वय विभाग
६ श्री अजयकुमार चौरसिया तराई–मधेश समन्वय विभाग
७ श्री महेन्द्र यादव यातायात व्यवसायी समन्वय विभाग
८ श्री शंकर भण्डारी तरुण विभाग
९ श्री सीता गुरुङ आदिवासी जनजाति विभाग
१० श्री गोविन्द भट्टराई नेपाली जनसम्पर्क समिति समन्वय विभाग
११ श्री चिनकाजी श्रेष्ठ उद्योग व्यापार विभाग
१२ श्री विश्वप्रकाश शर्मा (प्रवक्ता) सूचना, संचार तथा प्रचार विभाग
१३ श्री शिवप्रसाद हुमागाँइ श्रमिक तथा टे«ड युनियन विभाग
पार्टीको विधान तथा नियमावलीको व्यवस्था बमोजिम सभापति श्री शेरबहादुर देउवाद्वारा केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य पदमा (१) श्री कृष्ण किशोर घिमिरे (दाङ), (२) श्री गोपालकुमार बस्नेत (झापा), (३) श्री सुधीरकुमार शिवाकोटी (झापा), (४) श्री मनोहर नारायण श्रेष्ठ (धनकुटा) र (५) श्री धु्रव वाग्ले (तनहुँ) लाई मनोनयन गर्नु भएको छ ।
(कृष्णप्रसाद पौडेल)
मुख्य सचिव