बुढासुब्बा गोल्डकपको उपाधि फेरि मनाङ मर्स्याङ्दीकाे पाेल्टामा

everest kitchen

धरान । २२औं बुढासुब्बा गोल्डकपको उपाधि फेरि एकपटक मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । शनिबारभएको फाइनलमा विभागीय टोली नेपाल पुलिसलाई ३-१ गोल अन्तरले हराउँदै मनाङगले उपाधि जितेको हो ।

जितसँगै मनांगले नगद १० लाख रुपैयाँ पनि हात पारेको छ । त्यस्तै पुलिसले ५ लाख प्राप्त गरेकाे छ । बुढासुब्बा गाेल्डकपमा मनाङकाे यो चौथो उपाधि हो ।

खेलमा मनाङले ११औं मिनेटमा दयानन्द सिंहको गोलबाट अग्रता लिएको थियो भने दाेस्राे हाफमा दाेब्बर अग्रता कायम गरेकाे थियाे । दाेस्राे हाफकाे ६६ आैं मिनेटमा पुलिसका भेला सिलवालले पेनाल्टी मार्फत एक गाेल फर्काएका थिए । तर इन्जुरी टाइममा मनाङका विमल रानाले गोल गरेपछि मनाङले ३-१ को सहज जित निकालेकाे थियाे ।

मनाङका अञ्जन विष्ट म्यान अफ दि म्याच घाेषणा भए भने मनाङकै विमल राना उत्कृष्ट गोलकर्ता घोषित भए । यस्तै प्रतियोगितामा उत्कृष्ट गोलकिपरमा मनाङका अशोक बराल,उत्कृष्ट मिडफिल्डर मनाङका पुजन उपरकोटी, उत्कृष्ट डिफेन्डरमा पुलिसका सुमन सुवेदी, उत्कृष्ट फरवर्डमा पुलिस क्लबका कप्तान जुमानु राई र उत्कृष्ठ प्रशिक्षकमा मनाङका फुजा टोपे घोषित भएका छन् । उत्कृष्ट घाेषित सबै जजनले २५/२५ हजार हात पारे भने चार गोलसहित सर्वाधिक गोलकर्ता बनेका मनाङका दयानन्द सिंहले ३५ हजार रुपैयाँ प्राप्त गरे ।