सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ

everest kitchen

काठमाडौँ । कोरोना भाइरसको  जटिलतालाई मध्यनजर गर्दै सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ ।

आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरिएकाे स्राेतले बताएको छ ।

बैठकमा  प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष २०२० लाई  स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव राखेका छन ।

https://youtu.be/eerhAFmAVB0