गाँजामाथिको प्रतिबन्ध हटाउन मागसहित संसद सचिवालयमा गैरसकारी विधेयक दर्ता

everest kitchen

काठमाडौ । पूर्व कानुनमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेकपा सांसद शेरबहादुर तामाङले गाँजामाथिको प्रतिबन्ध हटाउन मागसहित संसद सचिवालय गैरसकारी विधेयक दर्ता गराएका छन्। सांसद तामाङले संसद सचिवालय विधेयक शाखामा उक्त बिधेयक दर्ता गराएका हुन्।

गाँजाको क्षेत्र व्यापक रहेको र गांजामा औषधीय गुण भएकाले किसानहरु सँगै समग्र मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने सांसद तामाङकाे तर्क रहेकाे छ ।

‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’लाई सांसद तामाङले औषधीय गुण भएको गाँजालाई प्रतिबन्ध लगाउन नहुने तर्क गरेका छन् । त्यस्तै  गाँजालाई विदेश निर्यात गरेर देशले गतिलो आम्दानी गर्ने र विदेशमा गएका युवाहरु स्वदेश फर्कने उनकाे तर्क छ ।

यसअघि देखिनै नेकपाका सांसद विराेध खतिवडाले पनि गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लविङ गर्दै आएका थिए ।

विधेयक