चीनको हुबेई प्रान्तबाट उद्दार गरेर खरीपाटी क्‍वारेन्टाइनमा राखिएका नेपाली आज घर जादै

everest kitchen

काठमाडौं । चीनको हुबेई प्रान्तबाट उद्दार गरेर भक्तपुरस्थित खरीपाटी क्‍वारेन्टाइनमा राखिएका नेपालीमा काेराेना भाईरसकाे संक्रमनरहित छन ।

चीनको वुहान शहरबाट १७५ नेपालीलाई जहाजमा उद्धार गरी ल्याएको शुक्रबार १६ औं दिन पुेकाे छ । १४ दिन मात्रै क्वारेन्टाइनमा राखिने बताए पनि १६ अाैं दिनमा मात्रै उनीहरु घर फर्कन पाउने छैनन । दोस्रो चरणको जाँचको रिपोर्टमा पनि उनीहरूमा संक्रमन नदेखिएपछि उनिहरु घर जान पाउने भएका हुन्।

चीनबाट विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याउने नेपाल वायुसेवा निगमको चालकदलका १८ जनाको टोली भने आइतबार क्वारेन्टाइनमा बाट घर फर्कि सकेकाे छ ।

उनीहरुलाई क्वारेनटाइन राख्न हुँदैन भन्दै विरोध गर्ने स्थानीय बासिन्दा समेत पुगेर बिदाइ गरेका थिए ।