प्रधानमन्त्री ओलीलाई मृगौला दिने महिला  काे हुन ?

everest kitchen
photo facebook

काठमाडौ । प्रधानमन्त्री केपी ओली मृगौला प्रत्यारोपण लागि सोमबार अपराह्न त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका छन । प्रधानमन्त्री अाेलीकाे बुधबार मृगौला प्रत्यारोपण गरिने समय गरिने भएकाे हाे ।

साथै प्रधानमन्त्री ओलीलाई मृगौला दिन लागेकी समीक्षा सङग्राैला ज्ञवाली पनि साेमबारै त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएकी छिन । शिक्षण अस्पतालमा सुरक्षा चेकजाँच कडा बनाइएको छ ।डा.प्रेमराज ज्ञवालीले नेतृत्वमा ओलीको मृगौला प्रत्यारोपण गरिँदैछ । ओलीको मृगौला प्रत्यारोपणकाे लागि भारतबाट समेत चिकित्सक बाेलाईएकाे बताएको छ ।

१२ वर्षअघि भारतको नयाँ दिल्ली स्थित एपोलो अस्पतालमा ओलीलाई भाइबुहारी अन्जान घिमिरेले मृगौला दिएकी थिइन् । उक्त मृगौलाले काम गर्न छाेडेपछि सातामा एकपटक डाइलेसिस गर्दै अाएका थिए ।

प्रधानमन्त्री ओलीलाई मृगौला दिने ३२ वर्षीया समीक्षा झपाकी हुन । उनी पहिलोपटक मृगौला दिने अन्जान घिमिरेकी भान्जी पर्छिन । त्यसैले प्रधानमन्त्री अाेलीकी पनि उनी भान्जीनै पर्छिन । साथै उनी दुई सन्तानकी अामा हुन ।