संयाेजन समितिकाे दुई दिने आम हडताल गर्ने घोषणा

everest kitchen


काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले आफूहरुकाे राखेका मागहरु सरकारले बेवास्ता गरेकाे भन्दै दुई दिने अाम हडताल गर्ने घोषणा गरेको छ।

यस अघि सरकारसँग माेर्चाले १४ बुँदे माग राख्दै पूरा नगरे अान्दोलन गर्ने चेतावनी दिएकाे थियाे । तसर्थ सरकारले अाफ्नाे माग सम्बन्धमा कुनै पनि चासाे र सम्बाेधन नगरेकाे भन्दै संयाेजन समितिले फागुन २० र २१ मा कैलाली र कञ्चनपुरमा आम हडतालको घोषणा गरेको हो।

समितिले गर्दै आएका संघर्षका विभिन्न कार्यक्रमहरुलाई पनि सरकारले बेवास्ता गर्दै आएकाले दोस्रो चरणको कार्यक्रमअन्तर्गत आमहडताल घोषणा गरिएको समितिले जनाएको छ।