नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेस्डर’मा युवा वैज्ञानिक डा महावीर पुन

everest kitchen


काठमाडौ । नेपालकाे पहिलो बैंक नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेस्डर’मा युवा वैज्ञानिक डा महावीर पुन नियुक्त भएका छन्।

भर्खरै स्थापना भएकाे राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष समेत रहेका पुन नवीन सोच भएका युवालाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन लागिपरेका पुनलाई नेपाल बैंक लिमिटेडले ब्राण्ड एम्बेस्डर नियुक्ति गरेकाे हाे । ब्राण्ड एम्बेस्डर बने बापत राष्ट्रिय आविष्कार केन्द्रलाई पहिलो चरणमा नेपाल बैंक लिमिटेड बाट रु.१० लाख प्राप्त भएकाे पुनले जानकारी दिए । साथै पुनले अब बैंक बाहेक अन्य कुनै पनि कम्पनी र ब्यबसायहरुले मलाई ब्राण्ड एम्बेसेडर बनाएर राष्ट्रिय आविष्कार केन्द्रलाई दान गर्न चाहनु हुन्छ भने ढोका खुल्ला भएकाे र अाफु तयार रहेकाे जानकारी गराए ।

नेपाल बैंक लिमिटेडका सि.ई.ओ कृष्णबहादुर अधिकारी र आविष्कार केन्द्रको तर्फबाट डाक्टर महावीर पुनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । ८३ वर्षको इतिहास बनाएको नेपाल बैंक लिमिटेडमा नेपाल सरकारको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत शेयर हिस्सा कायम छ।

मेगासेसे पुरस्कारबाट सम्मानित पुनकाे नेतृत्वमा स्थापना भएकाे अाविस्कार केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० वटा क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको छ।