प्रधानमन्त्री केपी शर्मा ओलीको आज मृगौला प्रत्यारोपण हुदै

everest kitchen
photo facebook

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको आज विहान ९ बजेबाट मिर्गौला प्रत्यारोपण शल्यक्रिया शुरु हुने भएको छ।

प्रधानमन्त्रीकाे सल्यक्रिया पाँच घण्टामा सकिने डाक्टरहरुले बताएका छन ।   मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको मंगलबार प्रि ट्रान्सप्लान्ट डायलासिस र अन्य स्वास्थ्य परीक्षण गरिएको थियो।

ओलीलाई मृगौला दिन लागेकी समीक्षा संग्राैला ज्ञवालीलाई पनि साेमबार नै साेहि अस्पतालमा भर्ना गरिएकाे छ ।१२ वर्ष अघि पहिलो पटक मिर्गौला फेरेका प्रधामनन्त्री ओलीको यो दोस्रो प्रत्यारोपण हो।

मिर्गौला प्रत्यारोपणपछि ५ देखि ६ दिनमा फर्किने प्रधानमन्त्री स्वयंले बताएका छन । साथै प्रत्यारोपणकाे एक हप्तामा मन्त्रिपरिषद्‌को बैठक बोलाउने ओलीले जानकारी दिएका छन्।