ईरानमा काेराेनाका कारण ५४ हजार कैदि रिहाइ

everest kitchen


तेराईन । ईरानमा काेराेना भाईरस फैलिएपछि ५४ हजार कैदिबन्दिलाई अस्थायी रुपमा करागार मुक्त गरेकाे खबर रहेकाे छ ।

काेराेनाकाे  संक्रमण थप फैलिन नदिन सरकारले उक्त निर्णय गरेको हो । कारागारमा केही कैदीको स्वास्थ्य परीक्षण गर्दा संक्रमित भएको भेटिएपछि थपमा फैलिनबाट रोक्न उनीहरूलाई रिहा गरिएको बताएको छ  ।

इरानका सञ्चारमाध्यमहरुका अनुसार मुलुकमा कोभिड–१९ बाट मृत्यु हुनेकाे संख्या बुधबार ९२ पुगेको छ । इरानमा ५ सय ८६ जना नयाँ संक्रमितसहित संख्या २ हजार ९ सय २२ पुगेको छ । इरानी सहर क्वामस्थित विभिन्न पवित्र धार्मिक स्थलमा अत्यधिक भीडभाडका कारण कोरोना भाइरस फैलिएपछि इरान सरकारमाथि दबाब परेको छ ।

इरानमा २ सय ९० सदस्यीय सांसद मध्य  २३ सांसदनै संक्रिमत भएका छन ।