प्रधानमन्त्री केपी शर्मा ओलीकाे अस्पताल बसाई लम्बिने

everest kitchen


काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीकाे अस्पताल बसाई लम्बिने देखिएकाे छ । अाेलीलाई करिब १० दिन त्रिवि शिक्षण अस्पतालको लिभर ट्रान्सप्लान्ट आईसीयूमा राखिने भएको हाे ।

धपेडी नहुने र सुरक्षितसाथ उच्च चिकित्सकीय निगरानीमा बस्ने वातावरण हुने भएकाले प्रधानमन्त्रीको अस्पताल बसाइ लम्ब्याउने मनस्थितिमा उपचारमा संलग्न चिकित्सकहरू रहेकाे जनाएको छ । यधपी ६९ वर्षीय प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा क्रमिक सुधार अाएकाे छ । सामान्य हिँडडुल गराउनुकाे साथै ठाेस खाना भात र मासुको झोल र बिहान उनलाई चिया–बिस्कुट खुवाईयाेकाे थियाे । यस्तो शल्यक्रियामा नियमित प्रक्रियाअन्तर्गत नै बिरामीलाई हिँडडुल गराइन्छ ।

प्रधानामन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहका अाुसार यहि गतिमा स्वास्थ सुधार हुदै गए ७ दृखि १० दिनमा डिस्चार्ज गरिने छ । साथै डाक्टर शाहका अनुसार मिर्गौला प्रत्यारोपणपछि शरीरले देखाएको प्रतिक्रिया र सुधारको गति सन्तोषजनक रहेको छ ।