चीनमा कोरोना संक्रमितलाई क्वारेन्टाइनकाे रुपमा राखिएको एक होटल भत्कियाे

everest kitchen


ऐजेन्सि । चीनमा कोरोना संक्रमितलाई क्वारेन्टाइनकाे रुपमा राखिएको एक होटल भत्किएको छ । उक्त हाेटल भत्किँदा ७० जना पुरिएकाे जनाएको छ ।

दक्षिणी चीनको फुजिएन प्रान्तमा अवस्थित उक्त होटल भत्किँदा झन्डै ७० जना फसेकाे चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन । पुरिएका मध्य ४७ जनाकाे उद्धार गरिएकाे र बांकीकाे उद्धार तथा खाेजविन जारि रहेकाे बताईएकाे छ ।

भवन के कति कारणले भत्किएकाे बारे अझै स्पष्ट भएकाे छैन । यधपी भवन भत्किएपछि कसैको मृत्यु भए वा नभएको जानकारी दिईएकाे छैन ।