प्रेस रिभ्यु : चीनमा क्वारेन्टाइनकाे रुपमा राखिएको हाेटेल भत्किएपछि मर्नेकाे सङ्ख्या १० पुग्याे

everest kitchen


ऐजेन्सि । चीनमा कोरोना संक्रमितलाई क्वारेन्टाइनकाे रुपमा राखिएको एक होटल भत्किदा मर्नेकाे सङ्ख्या १० पुगेकाे छ । उक्त हाेटल भत्किँदा ७१ जना पुरिएकाेमा ४८ जनाकाे उद्धार गरिएकाे थियाे ।

दक्षिणी चीनको फुजिएन प्रान्तमा अवस्थित उक्त होटल भत्किँदा झन्डै ७१ जना फसेकाे चिनियाँ एसिया न्युज नेटवर्कले उल्लेख गरेकाे छ । उद्धारकाे लागि करिब १ हजारकाे सङ्ख्यामा सुरक्षाकर्मी , रेक्स्यु टिम लगायत खटिएका छन ।

भवन के कति कारणले भत्किएकाे बारे अझै स्पष्ट भएकाे छैन । यधपी भवन मालिकलाई भने प्रहरीले पक्राउ गरेकाे बताएको छ । सन २०१३ मा ७ हजार स्क्वायर मिटरमा निर्मित उक्त भवन सन २०१८ मा ६६ रुम सहित हाेटलमा परिनत भएकाे पाईयाेकाे छ ।