नागरिकता, जन्मदर्ता लगायत नक्कली कागजात बनाउने पक्राउ

everest kitchen

काठमाडौं । नक्कली नेपाली नागरिकता, जन्म र मृत्यु दर्ता, बसाईसराई, विवाह दर्ता लगायतका विभिन्न सरकारी कागजातहरु बनाउने कार्यमा संलग्न बहुदरमाई नगरपालिका–७ रामनगरी बस्ने ६० वर्षीय बिन्दा प्रसाद साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई वीरगंज महानगरपालिका–१६ नगवा फुलवारीटोलबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट नेपाली नागरिकताहरु, नागरिकता बनाउन प्रयोग हुने फारमहरु, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाईसराई, जन्म प्रमाणित लगायत नक्कली कागजात बनाउन प्रयोग हुने विभिन्न कागजातहरु समेत बरामद गरेको छ ।