काठमाडौं भ्युटावर अलपत्र पार्ने भेटवालले गरे आत्मसमर्पण

everest kitchen


काठमाडौं । ७५ लाख १० हजार रकमको चेक बाउन्सको मुद्दामा फरार रहेका ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसर्पण गरेका छन् ।

काठमाडौ । काठमाडौं भ्युटावर अलपत्र पार्ने मनाेज भेटवालले अात्मसमर्पण गरेका छन । भेटवाल ७५ लाख १० हजार चेक बाउन्सकाे मुद्दामा फरार रहेका थिए ।

भेटवाललाई ठगि मुद्दामा प्रहरीले खाेजि गरेपछि भागेर भारत गएका थिए । भारतबाटै पनि पक्राउ पर्ने डर भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल प्रयाेग गर्दै उनी टेकु परिसर पुगेर अात्मसमर्पण गरेकाे प्रहरीले जनाएको छ ।

जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिकाे नामबाट काठमाडौं भ्युटावरकाे ठेक्का हातमा पारेका भेटवाल अन्य ठगिमा पनि सङलग्न रहेका छन । काठमाडौं पुरानाे बसपार्कमा भ्युटावार बन्ने भएपछि खुलामञ्चमा सरेकाे बसपार्कमा पनि अनाधिकृतमा सटर निर्माण गरि भाडामा लगाएका थिए ।

भेटवालकाे ठेक्का रहेकाे काठमाडौं भ्युटावरकाे करिब ८ बर्ष हुदा समेत १ प्रतिशत काम भएकाे छैन ।