श्रीमानमाथि मैले आक्रमण गरेकाे हाेईन तेजाब खसेर मुखमा परेकाे हाे : प्रतिमा

everest kitchen
photo :facebook

काठमाडौँ । काठमाडौँको बालाजुमा सुतिरहेको समयमा एक युवकमाथि तेजाव आक्रमण भएको घटना बाहिरएकाे छ । नुवाकोट घर भई बालाजु बस्ने २७ वर्षीय रामराजा थापामाथि तेजाब आक्रमण भएको प्रहरीले बताएको छ ।

थापा सुतिरहेकाे अवस्थामा तेजाव अाक्रमण भएकाे हाे । प्रहरिका अनुसार थापाकाे अनुहार र हातमा तेजाव परेकाे छ । चारैतिर पर्खाल र बन्द काेठामा अरु कसैले अाक्रमण गर्ने सम्भावना नरहेकाेले श्रीमती शंकाकाे घेरामा रहेकी छिन । श्रीमती प्रतिमा थापालाई प्रहरीले पक्राउ गरि बयान लिएकाे छ । श्रीमती प्रतिमाले एसिड अाफुले नहानेकाे झ्याला राखिएको एसिड अाफै झरेर परेकाे बयान दिएकी छिन ।

राजारामकाे यतिबेला त्रिबि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भैरहेकाे छ । राजाराम र प्रतिमाले एक सन्तानको पनि जन्म दिएका छन ।