ट्ययाक्सि भाडा बढने , टुटल-पठाओ बन्द हुने

everest kitchen


काठमाडौं । सरकारले ट्याक्सी चालकहरू तथा व्यवसायीहरुकाे मागलाई मध्यनजर गर्दै वैशाखसम्ममा ट्याक्सीको भाडादर समायोजन गर्ने आश्वासन दिएको छ ।

बुधवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ट्याक्सी चालकबीच भएको छलफलमा सरकारले यस्तो आश्वासन दिएको हो । साथै मन्त्रालयले टुटल ,पठाओ जस्ता निजि सवारि साधनले भाडामा यात्रु बाेक्ने कार्यालाई नियमन गर्ने यातायातमन्त्री बसन्त नेम्वाङले अाश्वासन दिएकाे बताईएकाे छ ।

मङगलबार ट्याक्सि व्यवसायी तथा चालकहरुले टुटल , पठाओ जस्ता सेवाहरु बन्द गर्नुपर्ने माग सहित यातायात व्यवस्था बिभागमा घेराउ गरेका थिए । घेराउ पछि बिभागले निजी सवारी साधनले भाडामा यात्रु बाेक्न नपाउने स्मरण गराउदै कारबाही गर्ने जनाएको थियाे ।

उपत्यकामा सहज सरल तरिकाले अनलाईन एपकाे साहेताले बाईकमा यात्रु बाेक्ने राईडसेरिङ सिस्टम अाएपछि सेवाग्राही सर्वसाधारणलाई सहज , सस्ताे भएपछि खुसि छन भने ट्याक्सि वालाहरुलाई याे कार्यले टाउकाे दुखाई भएको छ ।