पर्सा, स्याङ्जा, माेरङमा आगलागि हुदा ठूलो मात्रामा क्षेती

everest kitchen

 

Photo file

काठमाडौं । पर्सा जिल्लाकाे बिन्दवासिनी गाउँपालिका-४ अमरपट्टी स्थित गौरी हजाराको घरमा विद्युत सर्ट भई आगलागि हुदा ३ लाख ५० रुपैया बराबरको क्षेती भएकाे छ ।

बिहीबार दिउँसो भएकाे आगलागी हुँदा सोही ठाउँ बस्ने शंकर हजाराको कची घरमा समेत आगो फैलिँदा दुवै जनाको अन्नपात, भाँडावर्तन, अन्य सामानहरु समेत जलेर नष्ट भएकाे प्रहरीले बताएको छ ।

त्यस्तै स्याङ्जाकाे कालिगण्डकी-५ बासटारी स्थित नेत्र प्रसाद न्यौपाने लगायत ५ जनाको घर तथा गोठमा अागलागी हुदा २३ लाख बराबरको क्षेती भएकाे छ । बिहीवार दिउँसो आगलागी हुँदा घर तथा गाेठ जलेर नष्ट भएकाे स्याङ्जा प्रहरिले जनाएको छ ।

यस्तै मोरङकाे विराटनगर महानगरपालिका-४ खार्जी मा महानन्द यादबको घरमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा नगद लगायत विभिन्न सामान जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।