खानेपानीमन्त्री बिना मगरद्धारा सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाकाे निरिक्षेण

everest kitchen

काठमाडौँ । खानेपानीमन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको कामको शुक्रबार आकस्मिक निरीक्षण गरेकी छन् । मन्त्री मगरले सुन्दरीजलमा भइरहेको मेलम्ची आयोजनाको कामबारे आकस्मिक निरीक्षण गरेकी हुन् ।

निरीक्षणका क्रममा उनले आयोजनाको काममा कुनै असर आउन नदिन निर्देशन दिइन् । ‘सरकारले तोकेको निर्धारित समयमै पानी आउने गरी आयोजनाको काम रफ्तारमा अघि बढाउनुस्”, उहाँले भन्नुभयो, “आयोजनाको कामप्रति म सन्तुष्ट नै छु । कहीँकतैबाट असर नपुग्ने गरी काम सक्नु होला ।’

मेलम्चीको पानी सिन्धुपाल्चोकस्थित अम्बाथान हुँदै सुरुङबाट काठमाडौँको सुन्दरीजलसम्म ल्याउने कार्यको प्रगति उल्लेखनीय हिसाबले भइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए । कार्यकारी निर्देशक खत्रीले सुन्दरीजलस्थित आयोजनाको काम तीव्र गतिले अघि बढिरहेको बताउनुभयो । खत्रीका अनुसार अहिले सुन्दरीजलमा पानीको वास आउट पाईप जडान कार्य भइरहेको र ‘इन्भर्ट लाइनिङ’को काम चलिरहेको छ ।रासस
https://youtu.be/YotEgY69_6A