अमेरिकामा संकटकाल घाेषणा

everest kitchen

क्यालिफोर्निया । अमेरिकामा काेराेना भाईरस काेभिड-१९ काे संक्रमण बढेपछि संकटकाल घाेषणा गरिएकाे छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस(कोभिड–१९) को संक्रमण बढ्दै गएपछि राष्ट्रिय संकटकालको घोषणा गरेका हुन  ।

शुक्रबार वासिङ्टन डीसीस्थित ह्वाइट हाउसबाट राष्ट्रपति ट्रम्पले राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।अहिलेसम्म अमेरिकामा कोरोना भाइरसबाट २ हजार ४ सय ६६ जना संक्रमित र ५० जनाको मृत्यु भएको छ ।

संकटकाल संगै क्यालिर्फोर्नियास्थित ठूला आईटी कम्पनीहरु एप्पल, फेसबुक, गुगललगायतले आफ्ना कर्मचारीलाई घरबाट काम गर्न भनेको छ । घरबाट काम गर्न नमिल्ने कर्मचारीलाई पनि पुरा सेलरि र बिदा दिन भनिएकाे त्यहाँ स्थित सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

https://youtu.be/YotEgY69_6A