१८ महिने बालकको टिपरकाे ठक्करबाट मृत्यु

everest kitchen

भक्तपुर । भक्तपुरको चाँगुनारायण–९ स्थित जय ब्रम्हायणी इँटाभट्टामा खेल्दै गरेका एक १८ महिने बालककाे मिनिटिपरकाे ठक्करबाट मृत्यु भएकाे छ । सोही इँट्टाभट्टामा माटो बोक्ने बा५ख ७९७१ नम्बरको मिनीटिपरले ठक्कर दिदा बालककाे  मृत्यु भएको हाे ।

मध्यपुर अस्पताल ठिमी पुय्राउने क्रममा बालकको मृत्यु भएको प्रहरीले जानकारि दिएकाे छ । मृतक बालक सर्लाही जिरायल घर भएका १९ बर्षिया ईश्वर मोक्तानका छाेरा रहेकाे र उनिहरु यतै काम गरेर बस्दै अाएकाे बताएको छ ।

ठक्कर दिने सवारी साधन र सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।