फेरि डेढ लाख माक्स सहित कपनबाट केहि व्यक्ति पक्राउ

everest kitchen

काठमाडौं । प्रहरीले फेरि कपन एरियाबाट करिब डेढ लाख माक्स बरामद गरेकाे छ । प्रहरिकाे बिशेष अपरेसनबाट माक्स सहित केहि व्यक्ति पनि पक्राउ परेका छन ।

कोरोनाको संक्रमणका कारण विश्वभर सन्त्रास फैलिरहेका बेेला काठमाडौंमा मास्कको कृतिम अभाव सिर्जना गर्नेविरुद्ध प्रहरी आक्रामक बनेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले ३ रुपैयाँमा खरिद गरेर ४० रुपैयाँसम्ममा मास्क बिक्री गरेको आशंकामा विशेष अपरेशन चलाएको हो ।

शनिबार मात्रै मास्क कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ८ जनालाई ७८ हजार थान माक्स सहित प्रहरीले पक्राउ गरेकाे थियाे । काठमाडौं महानगरपालिका-१५ डल्लुबाट शनिबार दिउँसो प्रहरीले उनीहरुलाई पक्राउ गरेको हाे ।