काेराेनाबाट बच्न नमस्ते गराैं :प्रधानमन्त्री ओली

everest kitchen


काठमाडौँ । काेराेना भाईरस कोभिड–१९ विरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सस्दय मुलुकबीच भिडियो कन्फरेन्समा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस बाट बच्‍न हात मिलाउनुको साटो नमस्ते आदानप्रदान गर्न आग्रह गरेका छन् ।

पूर्वीय संस्कृति मानिने नमस्ते अहिले पश्चिमा देशहरुमा समेत प्रचलनमा आएको छ । बेलायती राजकुमार चार्ल्स, इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मले नमस्ते गरेर कोभिड–१९ को संक्रमणबाट बच्‍न आग्रह गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सक्रियतामा अायाेजित भिडियो कन्फरेनसमा माेदिले काेभिड-१९ बिरुद्ध लडन काेष खड गर्न प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई प्रधानमन्त्री ओलीले स्वागत गर्दै ग्रामीण क्षेतमा अस्पताल तथा अनुसन्धान र उपचार सेवा विस्तार गर्नुपर्ने,औषधि तथा स्यानिटरी सामग्रीको आपूर्तिको राम्रो व्यवस्था गर्नुपर्ने बताए ।

भिडियो क्न्फरेन्समा ८ राष्ट्रका राष्ट्रप्रमुखहरुले सहभागीता जनाएका थिए । प्रधानमन्त्री ओलीकाे भर्खरै मृगौला ट्रान्सप्लान्ट गरिएकाे छ ।