मलेसियामा काेभिड-१९ बाट बच्न नेपाली श्रमिक लक्षित जनचेतनामूलक कार्यक्रम (भिडियो सहित )

everest kitchen


क्वालालम्पुर । मलेसियाको सुंगाईबुलोमा पिएनसिसि मलेसिया शाखाले कोरोना भाइरस सम्बन्धि जनचरतनामुलक कार्यक्रम मार्च १५ तारीख सम्पन्न गरेको छ ।

विश्व भर फैलिरहेको नोभेल कोरोना भाइरसको प्रकोप मलेसियामा पनि बढेको पछि नेपाली श्रमिकहरुलाई यसबाट बच्न सघाउ पुय्रोउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको पिएनसिसि नेपालका मलेसियाका संयोजक मछिन्द्रनाथ चापागाईले बताउनु भयो । कार्यक्रममा कोराना सम्बन्धि जनचेतना गराउन मलेसियाका स्वास्थ मन्त्रालयका ल्याब टेक्नोलोजीस्ट नाटामान बिन मिसकम उपस्थित भएका थिए । नाटामान बिनले कोरानोबाट बच्न प्रयोग गरिने मास्क र सेनिटाईजर प्रयोग गर्ने तरीका सम्बन्धि प्रयोगात्मक प्रशिक्षण गराएका थिए साथै अपनाउनु पर्ने साबधानी बारे पनि पुर्ण जानकारी दिएका थिए ।

उक्त कार्यक्रममा पिएसटि, डाइकिन, यामाहा र सुपर म्क्स कम्पनीका ३५ जना नेपाली श्रमिक सहभागी थिए । यस कार्यक्रममा सहभागी भएर नोभेल कोरोना भाइरस सम्बन्धि जनचेतना पाएकोमा खुसि ब्यक्त गरे ।