‘डान्सिङ विथ स्टार्स’ नेपालमा धमला देखि ज्याेती मगरसम प्रतिस्पर्धी

everest kitchen

काठमाडौ । विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’ को नेपालमा पनि हुने भएकाे छ । शोमा हरेक विधामा लोकप्रियता कमाएका १२ जनाले प्रतिस्पर्धा गर्ने भएका हुन ।

बीबीसी स्टुडियोले शुरू गरेको यो रियालिटी शो बेलायत, अमेरिका, भारतलगायत विश्वका सयभन्दा बढी देशमा प्रसारण भइरहेको छ। वैशाखबाट शुरु हुने प्रतियोगिता हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार राति  ८ बजे प्रसारण हुनेछ ।

उक्त शाेमा गायक बुद्ध लामा, सृष्टि केसी, टिकटक स्टार दिपा र दमन्ता, कमेडियन उमेश राई, पत्रकार ऋषि धमला, मैथिली नायिका पुजा ठाकुर, बालकलाकार देवांशी बैदवार, मिस नेपाल युनिभर्स मनिता देवकोटा, नायक अनुप विक्रम शाही, मोडल ज्योति मगर, मोडल सुमी मोक्तान र फुटबल खेलाडी अनिल गुरुङ प्रतिस्पर्धीको रूपमा रहेका छन्।