बझाङमा पेस्तोलसहित एक जना पक्राउ

everest kitchen
File photo

बझाङ । बझाङमा पेस्तोलसहित एक जना पक्राउ परेका छन । थलारा गाउँपालिका-७ बाट केदारस्यू गाउँपालिका-७ भामचौर बस्ने २९ वर्षीय अनिश जाग्रीलाई पेस्तोल १ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हाे।

ईलाका प्रहरी कार्यालय थलाराबाट खटिएको प्रहरीले जाग्रीलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

जाग्रीलाई थप अनुसन्धानपछि मुद्दा लगाउने तयारि गरिएकाे छ ।