नविन कार्कीकाे काराेनाका कारण मृत्यु भएकाे हाेईन

everest kitchen

नविन कार्कीकाे काराेनाका कारण मृत्यु भएकाे हाेईन

काठमाडौं । कैलालीका नविन कार्कीकाे काेराेनाकाे कारण मृत्यु भन्ने खबर गलत भएकाे पुुष्टि भएकाे छ । दक्षिण कोरियाका सुदुरपश्चिमेली नेपाली समाजका पुर्ब अध्यक्ष समेत रहेका कार्की काेराेनाकाे कारण नभई अन्य कारणले मृत्यु भएकाे भन्दै समाजले जानकारी पत्र सार्वजनिक गरेकाे छ ।

कौलाली लम्किचुवा नगरपालिका ६ निबासी नवीन कार्कीको नेपालगन्ज हस्पिटलमा निधन भएको खबरलाई केही मिडियाले कोरोनाको कारण पहिलो नेपालीको निधन भन्ने समाचार गलत र भ्रामक भएको भन्दै जनाकारी पत्र प्रकाशित गरेको हाे ।

दक्षिण कोरियाका सुदुरपश्चिमेली नेपाली समाजका पुर्ब अध्यक्ष समेत रहेका कार्की २०१७ मै नेपाल फर्किएका थिए । स्वस्थ्य समस्या देखिए पछि केही दिन अघि नेपालगन्ज हस्पिटलमा भर्ना भई उपचारको क्रममा निधभएको र उनको मृत्यु कोरोनाको कारणले नभएको पुष्टि गरेको छ ।

यो समाचार झुटो र भ्रामक भएको शुदुरश्चिमेली नेपाली समाज मलेसियाका संरक्षक समीर मल्लले हिमाल टाइम्स टिभी लाई जानकारी गराए । साथै यस्ता यस्ता भ्रामक समचार प्रकाशित गरि आतंक नफैलाउन समेत आग्रह गरे ।