गायिका पबित्रा सुब्बाको पुनः आगमन

everest kitchen

काठमाडौ । ‘तिमी तारेभीर’‘सिरानीले भिजायो कि’ जस्ता सदाबहार गीत गाएकी गायिका पवित्रा सुब्बा पुनः आफ्नै निर्माणमा ‘उकालीको गोरेटोहरुमा’ बोलको गीत लिएर आएकी छन् ।

‘शैली’ एल्बममा समावेश ‘उकालीको गोरेटोहरुमा’ गीतको म्युजिक भिडियोमा कला सुब्बाको निर्देशन, प्रकाश एसकेको सम्पादन रहेको छ भने क्यामेरामा मुकेश हुमागाईँ, सृङ्गारमा कविता तोलाङ्गी रहेका छन् ।

पवित्रा सुब्बा स्वयंको अभिनय रहेको उक्त म्युजिक भिडियो पवित्रा सुब्बा अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।