मार्च १८ देखि ३१ सम्म नेपाल मलेसिया उडान बन्द

everest kitchen


क्वालालम्पुर । मार्च १८ देखि ३१ सम्म नेपाल -मलेसिया नियमित उडान रद्द हुने भएका छन । नेपाली वायुसेवा कम्पनी नेपाल एरलायन्स र हिमालय एरलायन्सले सुचना जारि गर्दै सेवा बन्द गरेका हुन ।

मलेसियामा दिनदिनै सयौंको संख्यामा कोरोना भाइरसका बिरामी बढ्न थालेपछि मलेसियन सरकारले मार्च १८ तारिक देखि ३१ तारिकसम्मको लागि बाहिरी जनजीवनमा प्रतिबन्ध लगाउने घाेषणा गरिसकेको छ ।

मलेसियामा करिब ५ लाख नेपाली श्रमिकहरु कार्यरत रहेकाे अाङकलन छ । मलेसियामा रहेका सम्पूर्ण विदेशी कामदारलाई पनि स्थानीय नागरिक सरह उपचार गरिने त्यहाँको सरकाले बताएको छ ।