काठमाडौं । काठमाडौंमा फिल्मी शैलीमा दिसै नगद तथा गरगहना चाेरि भएकाे छ । करिब करिब ३ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको हाे ।
काठमाडौं महानगरपालिका–१६ बालाजु बाईपास डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका–३ घर भएकी ५५ वर्षीया टिकामाया बुढाथोकीको कोठाबाट नगद ५० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब ३ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।