काठमाडौंमा फिल्मी शैलीमा दिसै नगद तथा गरगहना चाेरि  

everest kitchen


काठमाडौं । काठमाडौंमा फिल्मी शैलीमा दिसै नगद तथा गरगहना चाेरि भएकाे छ ।  करिब करिब ३ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको हाे ।

काठमाडौं महानगरपालिका–१६ बालाजु बाईपास डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका–३ घर भएकी ५५ वर्षीया टिकामाया बुढाथोकीको कोठाबाट नगद ५० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब ३ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।