कृतिम अभाव सिर्जना गरेकाे पाईए ११३७ फाेन गर्नुहाेस , दुई कालाेबजारिलाई दुई लाखका दरले कारबाही

everest kitchen

 

photo file

काठमाडौं । कालाबजारि गर्ने दुईजनालाई जनही दुईलाखकाे दर जरिवा गराईएकाे छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्ने दुई कालोबजारी विक्रेतालाई कारबाही गरेकाे हाे ।

बिभागले टिकाभैरव स्थित सत्याल एण्ड किराना पसल र मैतीदेवी पेट्रोल पम्पललाई मंगलबार जनही दुई लाखका दरले जरीवाना गरिएकाे उल्लेख गरेकाे छ । विभागको अनुगमनका क्रममा सत्याल एण्ड किरानाले ग्यास तथा किराना सामानको कृत्रिम अभाव सिर्जना गरेको पाइएको हाे । यस्तै मैतिदेवी स्थित मैतिदेवी पेट्रोलियम सप्लायर्सले पनि कृत्रिम अभाव देखाएर इन्धन भण्डारण गरेको विभागले फेला परेको थियो ।

बुधबार मात्रै १० वटा र्फम तथा सप्लायर्समा अनुगमन गर्दा ४ वटालाई जरीवाना गराइएको विभागले जनाएको छ ।
कुनैपनि वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, तोकिए भन्दा अधिकतम् मूल्य लिने काम कुनै पनि व्यपारीक र्फमहरुले गरेमा ११३७ मा फोन गरेर विभागमा गुनासो गर्न सकिने जनाएको छ ।