मेडिकल काउन्सिलको लाईसेन्स परिक्षा रद्ध , शल्यक्रिया नगर्न अस्पतालहरुलाई सुझाव

everest kitchen


काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कोरोना संक्रमणको जोखिम बढेको भन्दै दर्ता प्रमाणपत्र (लाइसेन्स)को परीक्षा स्थगित गर्ने निर्णय गरेकाेछ । यसअघि काउन्सिलले चैत्र ८गते परिक्षा मिति ताेकेकाे थियाे ।

साथै काउन्सिलकाे पूर्ण बैठकले अत्यावश्यक बाहेकका शल्यक्रिया कम गर्दै लैजान स्वास्थ्य संस्थाहरुलाई सुझाव दिएको छ । अस्पतालहरुले ज्वरो मापनका क्लिनिक सन्चालन गर्ने, अत्यावश्यक नभएका शल्यक्रिया कम गर्दै लैजाने, वेलनेस क्लिनिकहरु सञ्चालन नगर्ने र सुरक्षा साधनहरुविना डेन्टल क्लिनिकहरु नचलाउने लगायतका सुझाव स्वास्थ्य संस्थाहरुलाई दिएको छ ।