नेमकिपाका काे नक्कली लेटर प्याड र छाप बनाई दुरुपयोग गर्ने पक्राउ

everest kitchen

भक्तपु । मध्यपुर ठिमी नगरपालिका–५ राधेराधेबाट विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छाप सहित काठमाडौं बुढानिलकण्ठ नगरपालिका–७ हात्तीगौंडा बस्ने ५० वर्षीय गोपाल बहादुर पुर्कुटी मंगलबार राति पक्राउ परेका छन् ।

नेपाल मजदुर किसान पार्टीको नाममा नक्कली लेटरप्याड तथा छाप समेत बनाई चन्दा असुली गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले बिभिन्न पार्टी, संस्था र क्लवहरूको रबर स्ट्याम्प ७ थान, लेटरप्याडहरू, नगदी रसिद ११ थान, पेनड्राईभ १ थान र सिमकार्ड ३ थान समेत बरामद गरी उनलाई पक्राउ गरेको हो ।

https://www.youtube.com/watch?v=p5_UHXiFADA&feature=share