मलेसिया आवगमन नियन्त्रण बारे मलेसियामा रहने नेपालीले जान्नुपर्ने कुराे

everest kitchen

क्वालालम्पुर । मलेसिया सरकारले काेराेना भाईरस (काेभिड-१९) काे राेकथाम तथा नियन्त्रण गर्न मलेसियालाई मार्च-१८ देखि सम्म बन्द गरेकाे छ ।उक्त अावागमन नियन्त्रण निर्देशन बारे मलेसियाका लागि नेपाली दुताबास मलेसियाले बिभिन्न कुराहरुकाे जानकारी दिएकाे छ ।

–मलेसियाले मार्च१८-३१ सम्म नेपाल लगायत अन्य मुलुकबाट मलेसिया आउन निशेध गरेकाे छ । साे समयमा मलेसियाको यात्रा तय गर्नुहुदैन ।

–मार्च १८ देखि ३१ भित्र नेपाल फर्कने टिकट छ र हवाई सेवा उपलब्ध छ भने नेपाल फर्किन भने पाइनेछ ।

–फलाईट क्यान्सिल भयाे भने सम्बन्धित हवाई सेवा कम्पनी संग सम्पर्क गर्नुपर्नेछ । टिकेट रिफन्ड गर्ने वा मिति सार्ने बारे स्पष्ट संग सम्बन्धित हवाई सेवा कम्पनी संग छलफल गर्नुपर्छ ।

–तपाईं फलाईट पनि रद्ध भएकाे छ र भिषा पनि सकिन लागेकाे छ भने तुरुन्तै कम्पनीलाई जानकारी दिई स्पेशल पास वा भिषा थप्न अध्यागमन बिभागमा सम्पर्क राख्ने ।

–मलेसियामा अत्यावश्यक क्षेत्रमा काम गर्ने श्रमिकले भने नियमित काम गर्नुपर्ने छ । एर्पाेट,बन्दरगाह , बैंकिङ ,सेक्युरिटी , सरसफाइ तथा फाेहाेर व्यवस्थापन , खानेपानी , यातायात , तेल, ग्यास, बरुणयन्त्र, फुड पेकिङ, रेडियो , टेलिभिजन, पत्रपत्रिका ,ढुवानीमा नियमित काम गर्नुपर्ने हुन्छ ।

–अाफु या अन्य साथिमा काेराेना संक्रमणकाे अांशका लागेमा कम्पनीलाई जानकारी दिने, नजिकै स्वास्थ संस्थामा फाेन गर्ने वा ईमर्जेन्सी हटलाईन नम्बर +६०३८८८८२०१० फाेन गरेर सहयोग लिन सकिनेछ ।

–काेराेना संक्रमणकाे लक्ष्यणहरु : उच्च ज्वरो अाउनु, श्वास फेर्न समस्या हुनु, सुख्खा खाेकी लाग्नु, थकान महशुस हुनु, जीउ दुख्नु अादि हुन ।

— दुतावासले प्रवाह गर्ने राहदानी नवीकरण , यात्राअनुमती पत्र ,प्रमानिकरण लगायतका सेवाहरु बा्द रहेनछन । यधपी अत्यावश्यक सेवा तथा जानकारीकाे लागि बिहान १० बजेदेखि दिउसाे १ बजेसम्म नेपाली दुतावास मलेसियाको हटलाईन नम्बर ६०१६२४७२७७७ मा सम्पर्क गर्न सकिनेछ ।