मलेसियामा भिषा सकिएका विदेशीलाई भिषा उपलब्ध गरिने

everest kitchen

क्वालालम्पुर । मलेसियामा दिनदिनै सयौंको संख्यामा कोरोना भाइरसका बिरामी बढ्न थालेपछि मलेसियन सरकारले मार्च १८ तारिक देखि ३१ तारिकसम्मको लागि बाहिरी जनजीवनमा प्रतिबन्ध लगाउने घाेषणा गरिसकेको छ ।

त्यस्तै मार्च १८ देखि ३१ सम्म नेपाल -मलेसिया नियमित उडान रद्द भएका छन । याे अवस्थामा फलाईट क्यान्सिल र प्रतिबन्धित अवस्थामा नेपाल लगायत अाफ्ना मुलुक जान तयारीमा रहेका तथा भिषा सकिएका विदेशीलाई त्यहाँको सरकारले भिषामा राेकताेक नगर्ने जनाएको छ ।

भिषा सकिएको अवस्थामा सम्बन्धित व्यक्तिले मलेसियन अध्यागमन बिभागमा सम्पर्क गरि भिषा तथा स्पेसल पास लिन सकिने बताईएकाे छ ।