प्रधानमन्त्री केपी शर्माओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्ने

everest kitchen


काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी शर्माओलीले देशबासीकाे नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले अपरान्ह ५ बजे देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन ।

प्रधानमन्त्री ओलीको सम्बोधन  नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रसारण हुनेछ । यधपी सरकारि सञ्चारमाध्य बाहेक अन्य पत्रकार तथा मिडियालाई भने राेक लगाएकाे छ । प्रधानमन्त्रीकाे सम्बाेधनमा अन्य मिडियालाई राेक्न लगाउनुकाे मुख्यकारण भरखरै मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीमा संक्रमणकाे खतरा रहेकाले राेक लगाईएकाे बताएको छ ।

सरकारले नोभल कोरोना भाइरसबाट सचेत रहन आह्वान गरेको छ । २५ जनाभन्दा बढीको भीड नगर्न पनि सर्वसाधारणलाई आह्वान गरिसकेको छ ।