अकलेश साहको बिशेष पहलमा बन्द रहेकाे डायलाइसिस सेवा पुनः सुचारु

everest kitchen

कृष्ण गुप्ता
बिरगंज । तिन दिनदेखी बन्द गरिएको नारायणी अस्पतालको डायलाईसिस सेवा शुक्रबार बिहानदेखि पुनः सुचारु गरिएको छ । समाज परिवर्तन नेपालका अध्यक्ष अकलेश साहको बिशेष पहलमा बन्द रहेकाे सेवा सुचारु भएकाे हाे

एपार्ट र बिपार्ट डायलासिस केमिकल नभएपछि तिन दिनदेखी सेवा बन्द रहेकाे थियाे । अचानक सेवा बन्द हुदा बिरामीहरू अझ पीड़ामाँ परेपछि अध्यक्ष साहले उक्त बिषयलाई बिभन्न निकायमा पहल थालेपछि सेवा सुचारु भएकाे हाे l

दिनहु १६ देखी १८ जनासम्म बिरामीहरु डायलासिसकाे लागि नारायणी अस्पताल पुग्ने गर्छन । हप्तामा दुई पटक गराउनु पर्ने डायलासिस सेवा बन्द हुदा पिडित बिरामीहरु झन पिडामा परेका थीए।

सेवा सुचारू भएको थाह पाएपछि बिरामीहरु सेवा लिन अस्पताल पुगेकाे बताएको छ ।निजी अस्पतालमा एक पटक डायलासिस गराउन रु ५ देखी ८ हजार लाग्छ भने सरकारी अस्पतालमा याे सेवा निशुल्क रहकाे छ ।