मलेसियामा कोरोनाको संक्रमण आक्रमक बन्दै आज थप १३० जना भेटिए !

everest kitchen

क्वालालम्पुर । मलेसियामा  लगातार प्रत्येक दिन सयौंको संख्यामा कोरोना भाईरसको संक्रमित फेला परिरहेको छ । आज शुक्रबार  पनि थप १३० जनालाई संक्रमाण भएको पुष्टि भएको छ । यो संगै मलेसियामा संक्रमितको संख्या १०३० पुगेको छ भने मृत्यु हुनेको संख्या २ मै सिमित छ ।

संक्रामणको ठुलो चपेटामा सेलाङगर जिल्ला पेरको छ । सेलाङगरमा २६३ , क्वालालम्पुरमा १३९ , साबाहमा ११९, जोहोरमा ११४, नेगेरी सेम्बिलानमा ६५, सारावाकमा ५८, केलानतानमा ५१, पेराकमा ४५, केडाहमा ४१, पुलोउ पेनाङमा ३७, पाहाङमा ३६, मलकामा २२, तेरेङगानुमा २०, पेर्लिसमा ९, पुत्रजयामा ६ र लबुअनमा ५ जना गरि हाल सम्म १०३० जना संक्रमित भएकाछन । जस मध्य ८७ जना डिस्चार्ज भएका छन भने २६ जना गम्भीर बिरामी परेका छन।

मलेसियन सरकारले सम्भाबित जोखिमलाई नियन्त्रण गर्न आवागमन नियन्त्रण आदेश जारी गरि देशब्यपी कलकारखाना, यातायात र आकस्मिक शेवा वाहेको कार्यक्रम बन्द गई बाहिर हिड्डुलमा रोक लगाएको छ ।