काेराेना त्रास : उपत्यकाबाट बाहिरीनेकाे भिड, लाखौं मानिस गाउँ पुगे(भिडियो सहित )

everest kitchen

काठमाडौं । कोरोना भाईरस काेभिड-१९ काे सम्भावित संक्रमणलाई रोक्न स्कुल र कलेज बन्द भएसँगै काठमाडौंबाट बाहिरने यात्रुको चाप अत्यधिक बढेको छ । काठमाडौं स्थित सम्पूर्ण बसपार्क र टिकट काउन्टरहरुमा यात्रुको भीड भाड देखिन्छ ।

शैक्षिक संस्थाका परीक्षा सकिए र राेकिए पछि कोरोना भाइरसको त्रासका कारण गाउँ फर्किन लर्काे नै लागेकाे छ । अत्याधिक यात्रुकाे चाप बढे संगै टिकट नपाएर यात्रुहुरुले हैरानी ब्यहाेरनु परेकाे छ । टिकट समेत कालोबजारी हुन थालेपछि यात्रुले दोब्बरसम्म भाडा तिर्नुपरेको अवस्था छ ।

बिहीबार मात्रै नयाँ बसपार्कबाट करिब १० हजार बढिले टिकट काटेका थिए भने करिब त्यतिनैमात्रामा विना टिकट यात्रा गरेकाे अनुमान गर्न सकिन्छ । शुक्रबार यात्रुको संख्या अझ धेरै बढेको बस व्यवसायी काउन्टरहरु बताउछन

उपत्यका बाहिरिने यात्रुकाे चाप बढेसँगै यात्रुबाट बढी भाडा असुल्ने क्रम पनि सुरु भएको छ । बस र सिट नभएको बहाना बनाउँदै भाडा बढी असुल्ने क्रम सुरु भएको हो । त्यस्तै अान्तरिक हवाई यात्रामा पनि चाप देखिएकाे छ । हवा भाडादर महाेङगाे भएकाे गुनासाे पनि यात्रुहरुले गर्ने गरेका छन ।

काेराेना त्रासले उपत्यका छाेडेर गाउँ जानु स्वभाविकनै हाे । तर बसमा असुरक्षित यात्रा गर्नुपर्ने बाध्यताले झन समस्या उत्पन्न गर्ने देखिन्छ । बस भित्र नत मास्काे ब्यबस्था छ नत सेनिटराईजकाे नै व्यबस्था । सकारले २५ जना भन्दा बढि भिड नगर्न भनेकाे अबस्थामा काेचाकाेच गरेर यात्रा गर्नु कति सुरक्षित हाे ? याे प्रश्न संगै सरकारकाे त्यतातिर ध्यान दिन अनुरोध गर्दछौं ।

भिडियोमा हेर्नुहाेस..