विदेशबाट फर्केका ६२ जना नेपालीलाई खरिपाटि क्वारेन्टाइनमा लगियाे

everest kitchen


काठमाडौं । विदेशबाट फर्केका ६२ जना नेपालीलाई खरिपाटि क्वारेन्टाइनमा लगिएको छ । विभिन्न देशबाट आएका ६२ जनामा ४ जना महिला र एक वृद्ध रहेकी छिन ।

सरकारले लगाएको अस्थायी प्रतिबन्धकाे उल्लंघन गर्दै उनीहरु शनिबार जापान, मलेसियालगायत मुलुकबाट नेपाल अाएका हुन । उनीहरु आफूखुसी नेपाल आएका कारण १४ दिन क्वारेन्टाइनमा बस्ने खर्च आफैले व्यहोर्नुपर्ने बताएको छ ।

सरकारले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापान लगायत ५५ वटा मुलुकबाट नेपाल अाउन प्रतिबन्ध गरेकाे छ ।