मलेसियामा काेराेनाका कारण मृत्यु हुनेकाे सङ्ख्या ८ पुगेकाे छ

everest kitchen


क्वालालम्पुर । मलेसियामा काेराेना भाईरस काेभिड-१९ काे कारण मृत्यु हुनेकाे सङ्ख्या ८ पुगेकाे छ । शनिबार पछिल्लो तथ्यांक अनुसार ८ जनाकाे मृत्युु भएकाे छ भने संक्रमितकाे सङ्ख्या ११ सय ८३ पुगेकाे हाे ।

पछिल्लो अपटेड अनुसार अहिलेसम्म कुनै पनि नेपालीमा संक्रमण देखिएकाे खबर अाएकाे नेपाली दुतावास मलेसियाले जनाएको छ । मलेसियामा सबैभन्दा बढि तीन जनाकाे मृत्यु सरवाकमा भएकाे छ । सरवाकमा नेपाली श्रमिकहरु कमै रहेकाे राज्य हाे ।

मलेसियामा सबैभन्दा बढि संक्रमित सेलाङगाेर क्वालालम्पुर क्षेत्रमा पाईएकाे छ । क्वालालम्पुरमा ४ सय ६७ जनामा संक्रमण देखिएकाे छ भने १ जनाकाे मृत्यु भएकाे छ ।