नेवि संघले मास्क बितरण गर्दै , हवाई भाडामा निगरानी राख्न माग गय्राे

everest kitchen

काठमाडौं । नेपाल बिध्यार्थी संघका प्राबिधिक बिध्यार्थीहरुले मनपरि हवाई भाडाकाे बिराेध गरेकाे छ ।

एर्पाेट एरियामा करिब १५/२० जनाकाे समुहमा अाएका संघका नेता कार्यकर्ताले सर्बसाधरणलाई निशुल्क मास्क बितरण गर्दै सरकारकाे बिराेध गरेकाे हाे । मनपरि हवाई भाडा तथा बस भाडामा सरकारले ध्यान नदिएकाे भन्दै उनीहरुले बिराेध गरेकाे बताएका छन ।

सरकारले २५ जनाभन्दा बढि जम्मा नहुन अाह्वान गरेकाे छ । अनि तपाईंहरु यहाँ एउटा समुह बनाएर बिराेध गर्नु भएकाे छ नी ? भन्ने पत्रकारको प्रश्नकाे जवाफ दिदै अाफुहरु सयाैं सङ्ख्यामा अाउन सक्थ्याै तर सरकार नियमन र वर्तमान प्रस्थिती अनुसार थाेरै मात्रै जममा भएकाे स्पष्ट पारे ।