पर्साका एक जना व्यापारीमा काेराेना संक्रमण भएकाे पुष्टि

everest kitchen

पर्सा । वीरगञ्जका एक जनामा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ । वीरगञ्ज महानगरपालिका – १० आदर्श नगर घर भएका एक जना व्यापारीमा कोरोनाको संक्रणम पुष्टि भएको हो ।

केही समयअघि दुवई गएर फर्किएका ती व्यक्तिलाई रूघा खोकी र ज्वरो देखिएपछि कोरोना भाइरस संक्रमणको आशंका गर्दै भारतको पटना पठाइएको थियो । त्यहाँ जांच गर्दा उनलाई कोरोना संक्रमण भएकाे पुष्टि भएकाे छ ।

ती व्यक्तिलाई र ती व्यक्तिको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राख्नेबारे वीरगञ्ज महानगरकाे आकस्मिक बैठक बाेलाईएकाे बताएको छ ।