मलेसियामा काेराेनाभाईरसका कारण मृत्यु हुने १४ पुगे

everest kitchen


क्वालालम्पुर । मलेसियामा कोरोना भाईरस (काेभिड-१९) को संक्रामणबाट १४ जनाको मृत्यु भएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार १४ जनाकाे मृत्यु भएकाे छ भने १५ सय १८ जना संक्रमित रहेका छन ।

मलेसियन स्वास्थ्य मन्त्रालयका निर्देशक जनरल डाक्टर नुर हिशन अब्दुलहले जारि गरेकाे नियमित प्रेस बिज्ञप्तिमा उल्लेख गरिए अनुसार मलेसियामा तथ नयाँ २ सय १२ जना संक्रमितसहित जम्मा १५ सय १८ संक्रमित सङ्ख्या पुगेकाे छ ।

मलेसियामा संक्रमण नियन्त्रण तथा राेकथामकाे लागि मार्च-१८ देखि ३१ सम्म काे लकडाउन गरिएकाे छ । साथै मलेसियामा अागमन पनि बन्द गरिएकाे छ ।यस्तै मलेसिया सरकारले संक्रमाण फैलन नदिन हिड्डुलमा प्रतिबन्ध गराएकाे छ । बाहिरी हिड्डुललाई रोक्न सडकहरुमा पुलिस तथा अार्मिहरुकाे प्रयोग गर्न सुरु गरेको छ ।