चितवनबाट प्रकाशित हुने सबै पत्रपत्रिका बन्द हुने

everest kitchen

चितवन । कोरोना भाइरसको त्रासका कारणले चितवनबाट प्रकाशित हुने सबै पत्रपत्रिका बन्द हुने भएका छन । दैनिक तथा साप्ताहिक पत्रपत्रिकाहरु चैत्र २१ गतेसम्म बन्द हुने भएका हुन ।

जिल्ला भरिबाट प्रकाशन हुने १९ वटा दैनिक तथा साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशकहरुको सोमवार बसेको बैठकले चैत१२ गते देखि २१ गते सम्म पत्रिका बन्द गर्ने निर्णय गरेको हो । बैठकले सुचना सङकलनमा जाेखिम , प्रकाशनमा अावश्यक सामाग्री लगायतमा बजार बन्दका कारण समस्या हुने देखिएपछि बन्द गर्नु परेकाे उल्लेख गरिएकाे छ ।

पत्रपत्रिका बन्द भएपनि अनलाइन संस्करण भने चलिरहने स्पष्ट पारिएकाे छ ।