पर्सामा काेराेना बारे एकदिने सचेतना तथा प्रसिक्षण कार्यक्रम सम्पन्न

everest kitchen


कृष्ण गुप्ता
पर्सा । बिश्व भरी महामारीको फैलीरहेको काेराेना भाईरस (कोभिड १९ ) सम्बन्ध जानकारी दिन पर्सामा एकदिने प्रसिक्षण कार्यक्रम सम्पन्न भएको छ।

समाज परिवर्तन नेपालका अध्यक्ष तथा नेकपाका युवा नेता अकलेश साहकाे अगुवाइमा बालअधिकार कर्मी ज्योति साह र संचारकर्मी श्रीनारायण महतोले कोरोनाबाट कसरी बच्ने र बचाउने बारेमा स्थानीयलाइ प्रसिक्षण तथा सचेतना दिएका थिए ।

कार्यक्रमकाे क्रममा नेपाल पिछड़ा बर्ग अर्थात ओ.बी.सीका क्षेत्रीय उपाध्यक्ष एव स्वास्थ्यकर्मी राजेन्द्र साहले कोरोना भाइरस बारे अफवाह नफलाई सचेत रहन अाग्रह गरेका थिए ।