उच्च ज्वरो र रुघाखोकीका बिरामी एक जनाको मृत्यु

everest kitchen


चितवन । चितावनकाे भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको हाे ।

उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो । यधपी उनमा काेराेना संक्रमण थियाे वा थिएन भन्ने बारे रिपोर्ट अाउन बांकी भएकाे बताएको छ । उनको शव अस्पतालमै राखिएको छ ।

उनको स्वाब परीक्षणका लागि मंगलबार विहान मात्र टेकु पठाइएको अस्पतालले जनाएको छ ।